भोजपुरका एक व्यक्तिको ९ वर्ष बढी कैद मिनाहा

भोजपुर ७ फागुन । कारागार कार्यालय भोजपुरमा जेल सजाए बिताइरहेका १ जना कैदिको कैद मिनाहा भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर दिएको कैद मिनाहामा १ जना पुरुष कैदिको कैद मिनाहा भएको हो ।

कैद मिनाहा हुनेमा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १२ देउरालीका डोर बहादुर कार्की रहनु भएको छ । आज ७१ औं प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद कट्टा र आम माफी सहित देशभरका ५ सय ९५ जना कैदीको कैद मिनाहा गरेसैगै कार्कीको पनि कैद मिनाहा भएको हो । असल चाल चलन भएका र कम्तिमा ५० प्रतिशत कैद भुक्तान गरीसकेका कैदिको कैद मिनाहा हुने गरेको कारागार व्यवश्थापन विभाग कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र अधिकारीले जानकारी दिए।

कार्कीले ५० दशमलब ८९ प्रतिशत कैद भुक्तान गर्नु भएको हो ४९ दशमलब ११ प्रतिशत कैद छुट भएको हो । उनलाई २०६० सालमा हत्या कसुरमा २० वर्ष कैद सजायको फैसला भएको थियो ।