ओली रक्षात्मक अवस्थामा गैसके : प्रचण्ड

काठमाडौं, २६ माघ । नेकपा कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् ।आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओली समूहले फुर्ति लगाए पनि जनताले साथ नदिएको बताए । ‘ओली रक्षात्मक अवस्थामा गइसके ।

अहिले उनीहरुभित्रै झगडा सुरु भएको छ’, प्रचण्डले भने ।संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको प्रचण्डको भनाई थियो । आफूले पार्टी एकता बचाउन पाँचै वर्ष प्रधानमन्त्री छोडे पनि ओली समूहले पदको लडाइँ भनेर बद्नाम गराउन खोजेको उनको भनाई थियो । राजधानी दैनिकबाट