मृगौला पिडित तामाङलाई १ लाख ६१ हजार आर्थिक सहयोग हस्तान्तरण

भोजपुर २१ माघ । भोजपुर नगरपालिका १ हेलौँछाका मृगौला पिडित ३४ बर्षीय सुर्य बहादुर तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न सहयोगी दाताहरुबाट संकलित सहयोग रकम ‘सुर्य बहादुर तामाङ बचाउ’ अभियान समितिमार्फत एकमुष्ट रुपमा हस्तान्तरण गरिएको हो । समितिका अभियानकर्ता प्रकाशसिं राई र निमाराज तामाङले काठमाडौं गोगंबुको म्याग्दीचोकस्थित भाडामा बस्दै आएका पिडित तामाङलाई भेटेरै उक्त सहयोग हस्तान्तरण गरेका हुन । अभियानमार्फत संकलित १ लाख ६१ हजार एकसय २३ रुपौयां आर्थिक सहयोग हस्तान्तरण गरिएको अभियानकर्ता राईले जानकारी दिए । केहि समयदेखि उपचाररत तामाङको आर्थिक अवस्था कमजोर भएका कारण पिडित परिवाजनले सहयोगको अपिल गरेका छन् । अभियान अन्र्तगत धेरै सहयोगी दाताहरुले नाम टिपाएपनि सहयोग रकम उपलब्ध नगराएको समितिले जनाएको छ ।