डाँडागाउँ टोल सुधार समितिद्धारा, क्यान्सर पीडितलाई ४४हजार आर्थिक सहयोग

भोजपुर २० माघ । डाँडागाउँ टोल सुधार समिति भोजपुरले क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । समितिले फोक्सोको क्यान्सर रोगबाट पीडित भोजपुर नगरपालिका ७ निवासी ७३ वर्षीय जय बहादुर तामाङको उपचारका लागि रकम प्रदान गरिएको हो ।

तामाङको उपचारका लागि आर्थिक स्रोत जुटाउन डाँडागाउँ टोल सुधार समितिको सक्रियतामा सङ्कलित रु ४४ हजार एक सय ४५ रुपौयाँ समितिका अध्यक्ष सुर्य गोलेले मङ्गलबार तामाङलाई प्रदान गरेका हुन ।

पीडित तामाङकोे घरको अवस्था नाजुक रहेकाले आफ्नाको उपचारमा सहयोग गर्न आग्रह गरेकाले हाम्रो टोल सुधार समितिले आर्थिक सहयोग संकलन गरेर उनलाई प्रदान गरेको डाँडागाउँ टोल सुधार समितिका अध्यक्ष सुर्य गोलेले बताए ।

साथै समितिले विगत एक वर्ष देखि आफ्नो टोल सुधारका लागि विभिन्न चोकमा डस्वीन राख्ने,सातामा एक पटक सरफाई गर्ने गरेको छ । त्यस्तै समितिको आफ्नै सक्रियतामा प्रत्येक घरमा फुलका दुई वटा गमला र एक डस्वीन राखेर नमुना टोल बनाउने अभियानमा लागेको टोल सुधार समितिका सदस्य दिलमान राईले बताए ।

राईले भने ‘हाम्रो समितिमा १३१ घर आवद्ध छौ, हामी आफ्नो टोल आफै बनाउ भन्ने अभियानमा लागेका छौ तर स्थानिय सरकाले भने कुनै सहयोग गरेको छैन ।’ राईका अनुसार समितिले टोलमा, सडक वत्ती राख्ने, विधुत तथा टेलिफोनको तार, पोलको व्यवस्थापन गर्ने ठाँउठाँउमा वोर्ड राख्ने लगाएका काम गरिरहेको छ ।