कोरोनाबाट भोजपुरमा पहिलो पटक युवतीको मृत्यु

भोजपुर ३ मंसिर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको मंगलबार मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले खवरसंसारलाई जानकारी दिए ।

कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक मृत्यु भएकी युवतीको शब व्यवस्थापन गर्दै फस्ट रैफल गण भोजपुरका नेपाली सेना । मंगलबार षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको कोरोनाको कारण मृत्यु भएको हो ।

कार्तिक १९ गते विपी कोईरला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरामा कोरोना परिक्षण गराउदा युवतीको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आईसोलेसन बस्दै आएकी थिईन । मृतकको सव व्यवस्थापनको लागि फस्ट रैफल गण भोजपुरको टोली सो स्थल तर्फ गएको प्रजिअ पुरीले बताए ।