पौवादुङ्मा गाउँपालिकाका १० वटा विद्यालयलाई झोला वितरण

भोजपुर, २६ कात्तिक । भोजपुरको पौवादुङ्मा गाउँपालिकाका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामाग्री वितरण गरिएको छ । चिनियाँ नागरिकको आर्थिक सहयोग र अपाङ्ग पुनःस्थापन केन्द्र काठमाडौंको आयोजनामा पञ्चकन्या माध्यामिक विद्यालय च्याङग्रे, सानोदुङ्मा माध्यामिक विद्यालय सानोदुङ्मा, सूर्योदय माध्यामिक विद्यालय ठुलोदुङ्मा, मानेडाँडा माध्यामिक विद्यालय वास्तिम गरि जम्मा ४ वटा माध्यामिक विद्यालय र बास्तिमको सबै आधारभूत विद्यालयमा स्कुल झोला, कापी,पेन्सिल, औजार बक्स बितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । सामाग्री पाएसंगै विद्यार्थीहरुले पठनपाठनका लागि थप टेवा पुगेको बताउदै खुशी भएका छन् ।