नेपाल लाइफ ईन्स्योरेन्स भोजपुरद्धारा एक लाख ६३ हजार मृत्यू दावि भुक्तानी

भोजपुर । नेपाल लाइफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरले मृत्यू दावि भुक्तानी गरेको छ । हतुवागढी गाउँपलिकाका स्थानिय ओम बहादुर श्रेष्ठको निधन भए पछि उनका परिवारलाई एक लाख ६३ हजार सात सय रुपैया मृत्यू दावि भुक्तानी गरिएको हो । गत फागुन २३ गते मृत्यु भएका श्रेष्ठकी पत्नी गँगामाया श्रेष्ठलाई एक कार्यक्रमका विच हतुवागढी गाउपालिका अध्यक्ष प्रेम कुमार राईको हातबाट रकम हस्तान्तरण गरिएको नेपाल लाइफ ईन्स्योरेन्स उप शाखा कार्यालय भोजपुरका प्रमुख दिपक बस्नेतले बताए । श्रेष्ठले दस बर्ष पहिले एक लाखको बिमा गरेको कार्यालयले जनाएको छ ।