भोजपुर देउरालीमा मोटरसाइकल दुर्घटना, घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

भोजपुर, २४ असोज ।
भोजपुर नगरपालिका– ६  देउरालीमा दुई मोटरसाईकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन् । आज दिउँसो भोजपुर बजारबाट देउराली तर्फ जादै गरेको प १ २८२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प ३ ४०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका–४ नागीका प्रभात राई, धनुषा घर भएका २५ वर्षिय राजु शाह र भोजपुर नगरपालिका–९ का सुमन प्रधान रहेको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

घाइते राजु शाह र सुमन प्रधानको खुट्टा भाँचिएकोले दुवै जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ भने आँखा र खुट्टामा चोट लागेका प्रभात राईलाई भने विपि कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर प्रदिप लामाले जानकारी दिए ।