भोजपुरमा नेपालि कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहर

भोजपुर,१५ भाद्र । भोजपुरमा नेपालि कांग्रेस परित्यागगरी नेकपा प्रवेश गर्नेहरुको लहर चलेको छ यसै क्रममा सोमबार २७ जना नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्। नेकपा भोजपुर नगरपालिका वार्ड़ नम्बर ४ मा भएकोपार्टी प्रवेस कार्यक्रममा कांग्रेस वार्ड कमिटी सदस्य लिलाबहादुर खडकाको नेतृत्वमा,राजन खड्का ,केशर पाण्डे ,भुपाल पाण्डे ,हरी पाण्डे ,मनोज पाण्डे ,तेजबहादुर राया ,प्रेम बहादुर खड्का, काजि खत्री ,हरि प्रधान ,रुद्रबहादुर बस्नेत , मिलन प्रधान, रेखबहादु खड्का ,निर्मल भण्डारी ,देबीमाया कठेत ,सावित्रा खड्का, बिमल खड्का ,हेमराज खड्का ,कृष्ण पाण्डे, रामकुमार प्रधान ,राजकुमार राउत ,सुजन भण्डारी ,सुमन राउत ,मेनुका खड्का ,नारायण प्रधान रहेका छन् ।

नेकपा भोजपुर नगरपालिका ४ का अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा र सचीव राजकुमार राईले संचालन गरेको कार्यक्रममा नवप्रवेशीहरु लाई कार्यक्रमका प्रमुख् अतिथि नेकपा प्रदेश कमिटि सदस्य राजेश खतिवडा, जिल्ला संगठन बिभाग प्रमुख शरणकुमार राई ,जिल्ला सचिवालय सदस्य मकर खडका, नगर सचिब शरण तामङ्ग लगायतले स्वागत गरेका थिए । प्रवेश गरेका व्यक्तिहरु नेपाली कांग्रेसमा त्यस क्षेत्रका राम्रो ब्यक्तित्व भएको हुदा उनीहरुको नेकामा प्रवेशले नेपालि कांग्रेसमा ठुलै धक्का लाग्ने देखिन्छ। केहि दिन अघि पनि भोजपुरको अरुण गाउपालीका का १३ जना नेपाली कांग्रेस परित्यागगरि नेकपामा प्रवेश गरेका थिए ।