सडक दुर्घटनामा घाइते भएका राजनलाई आर्थिक सहयोग

भोजपुर, ३ साउन । वैदेशिक रोजगारीमा रहेका एक युवाले सात वर्ष अगाडी दुर्घटनामा घाइते भई असक्त जिवन विताईरहेका भोजपुर हिलेभञ्याङका एक व्यक्तीलाई आर्थिक सहयोग गरेका छन् रोजगारीको शिलशिलामा कुवेतमा रहेका खोटाङ जन्तेढुड्गाका उमेश राईले दुर्घटनामा घाइते भएका भोजपुरको पौवादुङमा गाउँपालिका १ हिलेभञ्याङका राजन राईलाई ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

२०७० सालमा दुर्घटनामा परेर स्पानर कर्ड भाचिएपछि राजन हिडडुल गर्न नसक्ने अवस्थामा घरमा छन् । उपचारमा १० लाख बढी खर्च गरिसकेका राईले सहयोग रकम पाउँदा खुसी भएको प्रतिक्रिया दिएका छन् । साथै आगामी दिनमा समेत सहयोगको आशा गरका छन् । लामो समय देखि हिडडुल गर्न नसक्ने भई घरमा रहेका अवस्थामा सहयोग पाउँदा खुसी भएको घाइते राजन राईले बताए ।

५ वर्ष देखि कुवेतमा कार्यरत उमेश किरात राई यायोक्खा कुवेतको उपाध्यक्ष र जनजाती महासंघ कुवेतको सचिव रहेका छन् । विभिन्न सामाजिक क्षेत्रमा काम गरेका उनले राजनलाई व्यक्तीगत रुपमा नै आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम भोजपुरका संघीय सांसद सुदन किराँती मार्फत घाइते राजन राईलाई हस्तान्तरण गरिएको छ ।

आफूले विदेशमा पसिना वगाएर कमाएको पैशाले असक्त भई कष्टकर जिवन विताइरहेका सहयोग गर्ने कुवेतमा रहेका उमेशलाई वडा कार्यालयले धन्यवाद दिएको छ । गाउँपालिकाले पनि उनलाई विभिन्न खाले सहयोग गर्ने बताएको छ ।