( भिडियो सहित ) गाउँपालिकाद्धारा शिक्षालाई आधुनिक प्रविधियुक्त बनाउन ‘टकिङ टिचर प्याकेज’ हस्तान्तरण

भोजपुर, २७ असार । शिक्षालाई आधुनिक प्रविधियुक्त बनाउने लक्ष्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले प्रविधिमुलक सामग्री हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षबाट विद्यार्थीहरुलाई श्रव्यदृष्य माध्यमबाट उपलब्धिमुलक शिक्षण गराउने उद्धेश्यले गाउँपालिकाले टल्किङ टिचर प्याकेज अन्तर्गतको शैक्षिक सामग्री वितरण गरेको हो । बालबालिकाहरुको सिकाइमा सहजतासंगै गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि सामग्री दिएको गाउँपालिकाले जनाएको छ ।

वितरण गरिएको शैक्षिक सामग्रीले सिकाइमा आधुनिकता ल्याउनुका साथै विद्याथीलाई शिक्षा लिन सहजता हुने गाउँपालिकाको भनाइ छ । गाउँपालिका अध्यक्ष किरण राईले भने,‘ गाउँपालिकामा हामीले पहिलो पटक आधुनिक प्राविधिबाट अध्यापन गराउने उद्धेश्यले टकिङ चिटर प्याकेज हस्तान्तरण गरेका छौ, यसले बालबालिकालाई आधुनिक तबरबाट सहजरुपमा शिक्षा लिन मद्धत मिल्नेछ, भने सिकाई उपलब्धिमा पनि सुधार आउने आशा राखेका छौ, यो प्रभावकारी बनेमा गाउँपालिकाका सबै विद्यालयमा विस्तार गर्ने लक्ष्य छ ।’

३३ ओटा विद्यालय मध्ये अहिले पहिलो चरण ५ ओटा विद्यालयमा पाठ्क्रम सहितको सामग्री हस्तातरण गरेको भएपनि प्रभावकारी भएमा थप अन्य विद्यालयमा पनि लागू गर्ने लक्ष्य रहेको गाउँपालिकाको भनाइ छ । प्रविधिमुलक शैक्षिक सामग्रीको प्रयोगको विषयमा सम्बन्धित विद्यालयका शिक्षकहरुलाई तालिम समेत दिइएको छ । गाउँपालिकाले वितरण गरेको शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई उपलब्धिमुलक शिक्षण गराउन सहजता थपिने शिक्षकहरुले प्रतिक्रिया दिएका छन् । टल्किङ टिचर प्याकेज नाम रहेको उक्त शैक्षिक सामग्री बालिकाहरुको लागि उपलब्धिमुलक रहेको जनाइएको छ । सस्फवयरको माध्यमबाट यस प्रविधिको विकास गरिएको छ । यसअघि सञ्चालनमा ल्याइएका अन्य ठाउँका विद्यालयहरुमा यो प्रविधिबाट गरिएको पाठनपाठन प्रभावकारी रहेको बताइएको छ ।

प्याकेज कोर्षको ६५ हजार लाग्ने वितरक कम्पनीले जनाएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा पहिलो पटक राधाकृष्ण माध्यमकि विद्यालय श्यामशिला, तिवारीभञ्याङ माध्यमिक विद्यालय, ठुलोदुम्मा माध्यमिक विद्यालय, सूर्यदय माध्यमिक विद्यालय र नबज्योति लोकतान्त्रिक प्राथमिक विद्यालयमा सञ्चालनमा ल्याएको हो । पहिलो पटक सञ्चालनमा ल्याइएको यस प्रविधिले शैक्षिक गुणस्तरमा सुधार आउने गाउँपालिकाको भनाइ छ ।