भोजपुरमा एक युवाको आरडिटी पोजेटिभ

भोजपुर, जेठ १५ । भोजपुरमा एक युवाको आरडिटी पोजेटिभ आएको छ । रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३ भुल्केका एक ३६ वर्षीय युवाको आरडिटी पोजेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनु भयो ।

१५ दिन अगाडि सुनसरीको दुहबी बाट आएका उनी वडा कार्यालयले निमार्ण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनी क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि बुधबार दुई पटक आरडिटी टेष्ट गर्दा दुवै पटक रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

उनको स्वाव संकलनका लागि जिल्ला अस्पताल बाट चिकित्सको टोली त्यसतर्फ जान लागेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणीन्द्र थापाले जानकारी दिनु भयो ।