संघसंस्थाले कोरोनाको नाममा छुट्टै कोष बनाउन नपाउने

काठमाडौं, ११ चैत्र । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम र नियन्त्रणको नामका कुनैपनि संघसंस्थाले छुट्टै कोष खडा गर्न नपाउने भएको छ । सरकारले संघसंस्थालाई छुट्टै कोष बनाउन नदिने निर्णय गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले कुनैपनि संघसंस्थाले कोष खडा गरेर पैसा उठाउन नपाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले कसैले कोष खडा गरिसकेको भए आफ्नो संस्थामा काम गर्ने कर्मचारी तथा आफू मातहतका व्यक्तिबाट मात्रै रकम जम्मा गर्न पाउने र त्यसलाई प्रत्येक साता सरकारले स्थापना गरेको कोषमा बुझाउनुपर्ने निर्णय भएको बताए ।