रिचार्ज गरे बराबरको रकम बोनस दिन सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाण्डौ, ११ चैत्र ।  रिचार्ज गरेको रकम जति नै बोनस उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । कोरोना भाइरसको कारण देश ुलकडाउनु हुँदा नागरिकले समस्या भोगेको भन्दै प्राधिकरणले जति रिचार्ज गरेको त्यत्ति नै बोनस दिन निर्देशन दिएको हो ।

 

सापटी सेवाको सीमा बढाएर २ सय रुपैयाँ पुर्याउन निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले उज्यालोलाई जानकारी दिए । सेवा प्रदायकले यो बेलामा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अफर ल्याएमा राम्रो हुने पनि अध्यक्ष खनालले बताए  ।