भोजपुरमा मोटरसाइकले ठक्कर दिदाँ एकको मृत्यु

भोजपुर, ८ चैत । मोटरसाईकलले ठक्कर दिदा एक वृद्धको मृत्यू भएको छ । शनिबार भोजपुर नगरपालिका–५ बोखिमबाट भोजपुर सदरमुकाम आउदै गरेको को २८ प ६३०७ नं को मोटरसाईकलले ठक्कर दिदा खोटाङ्ग घर भई भोजपुर नगरपालिका–६ मा बस्दै आएका वर्ष ६२ का शरणबहादुर सापकोेटाको ज्यान गएको हो ।

मोटरसाइकल चालक रक्वीट खड्काले ओढारे खोला नजिक पैदल हिडरहेका सापकोटालाई ठक्कर दिदा सापकोटा घाईते भएका थिए । घाईते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएकोमा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटना पश्चात मोटरसाइकल चालक नाबालक भएका कारण प्रहरीको निगरानीमा रहेन गरी उनलाई परीवारको जिम्मा लगाइएको प्रहरीको भनाई छ ।