इस्टर्न रिजन टी(२० नेपाल आज मलेसियासँग खेल्दै

काठमाण्डौ, १७ फागुन । एसीसी इस्टर्न रिजन टी(२० क्रिकेटको छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डको बैंककमा सुरु हुनेछ । पाँच देश सहभागी प्रतियोगिताको शीर्ष २ टिम इष्टर्न रिजन टी(२० प्रतियोगिताका लागि छनोट हुनेछन् ।

आजदेखि मार्च ६ तारिखसम्म चल्ने प्रतियोगितामा नेपालसहित घरेलु टोली थाइल्याण्ड, मलेसिया, हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । नेपालले यो प्रतियोगिता जित्ने लक्ष्य लिएको यसअघि नै कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् ।

एसिया कप क्वालीफायरका लागि यो प्रतियोगिताका शीर्ष दुई टिमले स्थान बनाउने छन् । थाइल्याण्डमा शुक्रबार सहभागी पाँच वटै देशका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका थिए ।