भोजपुरको चरम्वीमा विपत प्रतिकार्य सम्वन्धी ४ दिने तालिम शुरु

भोजपुर ७ माघ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको आयोजनामा ४ दिने विपत प्रर्तिकार्यका लागि सामुदायिक पहल सम्वन्धी तालिम सुरु भएको छ । समुदयका नागरिकलाई विपतको बेला पहिलो उधार कर्ता बनाउने उदेश्यकासाथ कार्यक्रममो आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरले जनाएको छ । भोजपुरको अरुण गाउँपालिका ४ चरम्वीमा माघ ६ गतेबाट सुरुभएको तालिम ९ गते सम्म सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम संयोजक तेज श्रेष्ठले बताए । तालिममा ८ जना महिला तथा १५ जना पुरुष गरि जम्मा २३ जनाको सहभागिता रहेको छ ।