(भिडियो सहित)भोजपुर, तेस्रो मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगीताको उपाधी खोटेहाङलाई

भोजपुर ३ पुष ।  भोजपुर सदरमुकाममा जारी तेस्रो मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगीताको उपाधी खोटाङको खोटेहाङ गाउँपालिकाको भगवती स्पोर्टस क्लवले हात पारेको छ ।

खोटेहाङ स्पोर्टस क्लवले भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङ यातायात प्रा.लि.लाई १–० गोल अन्तरले हराउदै उपाधी हात पारेको हो । उपाधी संगै भगवती स्पोर्टस क्लवले नगद ५ लाख, ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता कुलुङ यातायात प्रालिले नगद ३ लाख ट्रफी, मेडल र प्रमाण पत्र पाएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिए । त्यस्तै सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी खोटाङका जिवन परीयार, उत्कृष्ठ गोल किपर खोटाङकै सागर राय, फर्वाड खेलाडि कुलुङका रविन राई, मिल्डफिल्डर आम्त्तेकका असिम राई र गोल रक्षक खोटाङका रीवस राई बनेका छन् ।