भोजुपर हातेमालो समाज दुबईद्वारा चम्पेका उत्तम राईको उद्वार

युएई, २२ कात्तिक । भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा दलालबाट ठगिएका पीडितको उद्दार गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा युएई हुँदै इराक पठाईदिने भन्दै विगत ६ महिनादेखि अलपत्र परेका अरुण गाउँपालिका २, चम्पेका उत्तम राईलाई समाजले उद्वार गरेको समाजका उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।
राईलाई घर फर्कन नसक्ने स्थितीमा अलपत्र रहेका राईलाई समाजको पहलमा स्वदेश फिर्ताको बन्दोबस्त मिलाइएको हो । समाजको पहल तथा आग्रहमा युएईस्थित वैदेशिक रोजगारमा रहेका प्रबासी भोजपुरबासीबाट आर्थिक संकलन गरी हवाई टिकटका साथमा ४६ हजार ५ सय आर्थिक सहयोग गरिएको समाजका प्रवक्ता सपना राईले बताईन् ।
समाजका अध्यक्ष भीम थापाले आकर्षक तलबको प्रलोभन विभिन्न बाहनामा सोझा नेपालीलाई मानव तस्करी गर्ने दलालहरुको फन्दाबाट होशियार रहन आग्रह गरे । उनले यस विषयमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक रहेको बताए ।