गम्भीर दुर्घटना, २४ को मृत्यु

काठमाडौं, ४ कात्तिक । कङ्गोमा भएको सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको छ ।

राजधानी किन्सामा आइतबार बिहान सवारी दुर्घटनामा भएको हो ।

राजमार्गमा गुडिरहेको बस एक्कासी अनियन्त्रित भई दुर्घटना परेको अधिकारीहरुको भनाइ छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाए पनि के कारणले दुर्घटना भएको हो भन्ने एकिन नभएको समाचारमा बताइएको छ ।

मध्यराती भएको दुर्घटना पश्चात बसमा आगलागी भएको जनाइएको छ । आगलागीका कारण धेरै यात्रुको मृत्यु हुन पुगेको जनाइएको छ ।