भोजपुरमा मेयर कप ‘महिला फुटबल प्रतियोगिता’ सुरु

भोजपुर १ कार्तिक । दोस्रो मेयर कप महिला फुटबल प्रतियोगीता भोजपुरमा विहिवारबाट सुरु भएको छ । आज भएको पहिलो खेलमा भोजपुर नगरपालिका १० भैसीपंखाले भोजपुर नगरपालिका ७ लाई २–१ गोलले पराजित गरेको छ भने दोस्रो खेलमा टेम्केमैयुङ गाउँपालिका नीलोले हतुवागढी गाउँपालिकालाई १–० ले पराजीत गरेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिए ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगीतामा ६ वटा टिमले सहभागीता जनाएका छन् । प्रतियोगीतामा भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र हतुवागढि गाउँपालिकाका खेलाडिले सहभागीता जनाएका छन् । प्रतियोगीतामा विजेता टिमले नगद १ लाख ट्रफि मेडल प्रमाणपत्र र उपविजेताले पनि नगद ५० हजार ट्रफि मेडल प्रमाणपत्र पाउने जिल्ला फुटबल संघका अध्यक्ष प्रविन सुवालले जानकारी दिए ।