भोजपुरमा खुर्पा प्रहारबाट पाँच जना घाइते, दुई जना बाहिरी अस्पताल रेफर

भोजपुर, २३ असोज ।
भोजपुरमा धारिलो हतियार खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार साँझ भोजपुर नगरपालिका ११ बाँसबोटे बस्ने स्थानीय २५ वर्षीय शुभन सुन्दास, ३१ बर्षीय शुशिल सुन्दासले धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आफ्नी बहिनीलाई स्थानीय २० वर्षीय सबिन पाठकले जिस्क्याएको भन्दै उनीहरुले कुटपीटसंगै खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट स्थानीय राजेश सुन्दासको २१ वर्षीय छोरा शुशिल सुन्दास, २० बर्षीय सबिन पाठक, १७ वर्षीय .नबिन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनालाई थप उपचारको लागि धरान स्थिति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर रेफर गरिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन जना भने जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको जनाईएको छ । कुटपिटको क्रममा उनीहरु पनि घाइते भएका छन् ।