युएईमा भोजपुर हातेमालो सेवा समाजको दशै विषेश कार्यक्रम

भोजपुर, ११ असोज ।
भोजपुर जिल्लामा हरेक क्षेत्रमा सहयोग गर्दै आएको भोजपुर हातेमालो सेवा समाज युएईले दशै तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समाजको अबुधाबी क्षेत्रीय समितीले दसैं विशेष बनभोज तथा सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा युएईका विभिन्न कृयाशील संघ, संस्थाका प्रमुखहरु तथा  भोजपुरेहरुको  बाक्लो उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको भोजपुर हातेमालो सेवा समाज युएईकी प्रवक्ता सपना राईले जानकारी दिइन् ।
कार्यक्रममा समाजका प्रमुख सल्लाहकार ज्ञानेन्द्रा बहादुर राई केन्द्रिय अध्यक्ष भिम थापा ज, केन्द्रिय वरिष्ट उपाध्यक्ष छिरिङ्ग शेर्पा , महासचिव रामकुमार तिरुवा लगायतको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण महानुभावहरुलाई आयोजक टिमको तर्फबाट अबुधाबी क्षेत्रीय अध्यक्ष दीपक थापा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा केन्द्रिय अध्यक्ष भीम थापा , ज्ञानेन्द्र बहादुर राई , उपाध्यक्ष विमल लामिछाने , खेमराज बस्नेत, प्रेम शेर्पा,पर्दिप पुन,डिब्या सुब्बाले शुभकामना मन्तव्य राखेका थिए  ।  कार्यक्रममा विभिन्न प्रकारका खेल ,भाग्य चिठ्ठा साथै विभिन्न कलाकारहरुले नाचेर,गाएर सबै उपस्थित नेपालीहरुलाई रमाइलो गराएका थिए।