खोटाङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार

काठमाडौं, २५ भाद्र । खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् ।

मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।

काकालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाउने मझुवागढी नगरपालिका(५ कटुवाल टोलका २५ वर्षीय दिनेशलाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको छ ।