सल्यानबाट दुई बालिका एक हप्तादेखि बेपत्ता

सल्यान, २५ भाद्र । बनगाड कुपिण्डे नगरपालिका–१० का दुई जना बालिका एक हप्तादेखि बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा माझकाँडाका १३ वर्षीया खिमा ओली र १३ वर्षीया नै प्रतिमा बटाला गएको एक हप्तादेखि बेपत्ता भएका हुन् ।

गएको भदौ १९ गते बेलुका घरबाट निस्किएको र त्यसपछि घर नफर्किएको खिमाका बुवा अम्बर ओलीले बताउनु भयो । उनीहरु घरबाट बेलुका ७ बजेतिर निस्किएको अभिभावकले बताएका छन् । दुबै बालिका स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा ७ र ६ मा अध्ययनरत थिए ।

बालिकाहरुको खोजी गरिदिन भन्दै अभिभावकले बनगाड प्रहरी चौकी बालुवासँग्रहीमा भदौ २२ गते हुलियासहित निवेदन पेस गरेका छन् ।

हराएका दुई जना बालिकाको खोजी कार्य भैरहेको बालुवासँग्रहीका प्रहरी इञ्चार्ज दिपक शाही ठकुरीले जानकारी दिए ।