पेट्रोलियम पदार्थको मुल्य दुई रुपैयाँ घट्यो

काठमाडौं, २४ भाद्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको हो । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

नेपाल भारत पेट्रोलियम पाइपलाइन परियोजना उदघाटनको अवसर पारेर मुल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।