सडकमै पेस्तोल लिएर हिड्ने पक्राउ

भक्तपुर, २४ भाद्र । भक्तपुरमा एक व्यक्ति पेस्तोलसहित एक पक्राउ परेका छन् । बारा फेटा गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय शम्भुप्रसाद साह पेस्तोलसहित पक्राउ परेका हुन् ।

उनलाई सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरस्थित सडकछेउमा हिडंदै गरेको अवस्थामा हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले साहको साथबाट १ थान कटुवा पेस्तोल र ६ राउण्ड गोलीसहित बरामद भएको उल्लेख गरेको छ ।