खुल्यो सुपथ मूल्य पसल, चिनीमा ५ र चामलमा २० रुपैयाँ छुट

काठमाडौं, २४ भाद्र । सरकारले दशैं र तिहारसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सोमबारदेखि सुपथ मूल्य पसल संचालन गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा सुपथ मूल्य पसल’ संचालनमा ल्याएको हो । कार्तिक १७ गतेसम्म संचालन हुने पसल देशको मुख्यमुख्य शहरमा पनि संचालन हुनेछन ।

सुपथ मूल्य पसलमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिए । त्यसैगरी चिनीमा प्रतिकेसी ५ रुपैयाँ, नुनमा प्रतिकेसी २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । चामल, दाल बोरामा १० रुपैयाँदेखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको साल्ट ट्रेडिङका ब्रेजेशकुमार झाले जानकारी दिए ।

साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा सुपथ मूल्य पसल संचालनमा ल्याएको छ । देशका मुख्य अन्य शहर पनि ३४ पसल संचालनमा ल्याउने तयारी गरेको छ ।