मौसम – देशभर बदली, मध्य र पूर्वका केही ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ, २४ भाद्र । मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा ९मनसुनी समयमा वर्षा हुने प्रणाली० औसत स्थानमा नै भए पनि मध्य र पूर्वका केही ठाउँमा जलवाष्पयुक्त वायुको प्रभाव देखिएका कारण मौसमी गतिविधि बढ्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

मनसुनी न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्ने गरिन्छ ।

मंगलबार देशका केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । यस्तै, मंगलबार राति पनि देशभरकै मौसम सामान्यदेखि पूर्ण बद्ली हुने धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

मध्य र पूर्वका केही ठाउँमा भने राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।