भोजपुरमा खोलाले बगाएर एक जना बेपत्ता

भोजपुर, २२ भाद्र । भोजपुरमा अरुण नदीले बगाउँदा एक जना वेपत्ता भएका छ । षडानन्द नगरपालिका–२ माघेछापका २३ वर्षीया दिनेश वि.क.लाई खोलाले वेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएका वि.क. अरुण नदीको तुर्के पुल नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।