सरस्वती आधारभुत विद्यालयमा ई–हाजिरी जडान

भोजपुर, २१ भाद्र ।
भोजपुर नगरपालिका वडा नम्बर ८ पोखरेमा रहेको सरस्वती आधारभुत विद्यालयमा इ– हाजीरी जडान गरिएको छ । भोजपुर नगरपालिकाको आर्थीक सहयोगमा विद्यालयमा इ – हाजीरी जडान गरिएको विद्यालयका प्रधानाध्यापक शरण बहादुर राईले जानकारी दिए । इ– हाजीरी शूरु भएपछि शिक्षकलाइ समयमै विद्यालय आउन प्रेरित गर्ने, समयको परिपालनन गर्ने जस्ता फाईदा हुने प्रधानाध्यापक राईले बताए ।

विद्यालयको शैक्षिक क्रियाकलापलाई चुस्त राख्न र शैक्षिक गुणस्तर थप वृद्धी गर् कार्य गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा आधारभुत तह ८ कक्षा सम्म पढाई हुन्छ । गत आइतबार बाट सुरु भएको इ– हाजीरी जडानले विद्यालयमा शिक्षकहरुको निरन्तरता बढ्ने विश्वास गरिएको छ ।