पौवादुङमा गाउँपालिकाले दियो, साउन २९ गते सार्वजनिक विदा

भोजपुर २८ साउन । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले २९ गते बुधबार सार्वजनिक विदा दिने भएको छ । पौवादुङ्मा गाउँपालिका वडा नम्वर एक श्यामशिलाका वडाअध्यक्ष रुद्र बहादुर पाण्डेको निधन भएको शोकमा साउन २९ गते सार्वजनिक विदाको घोषणा गरेको हो । वडा अध्यक्ष पाण्डेको गत साउन १८ गते निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो । गाउँ कार्यपालिकाको २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । त्यसै गाउँ कार्यपालिकाले साउन ३२ गते शनिवार शोकसभा गर्ने गाउँपालिकाले जनाएको छ।