अल्लोले महिलालाई उद्यमशील बनाउँदै

स्थानीय ताराखोला गाउ“पालिका–३ करिमेलाकी ४५ वर्षीया गंगा घर्ती मगरलाई यस क्षेत्रका मानिसले उद्यमी महिलाको रुपमा चिन्छन् । गंगा जस्तै उहा“कै गाउ“का अन्य ६ जना महिलाले पनि आफूलाई उद्यमी महिलाको रुपमा परिचित गराउन सफल भएका छन् । २०६३ सालमा घरेलु तथा साना उद्योग विकास समिति बाग्लुङबाट ३ महिने तालिम लिएका गंगा र उहा“का साथीहरुले गाउ“ फर्किएपछि अल्लोका कपडा बुनेर बेच्ने अनि पैसा कमाउने सपना देखेका थिए । तालिममा उत्साहित भएका उनीहरु गाउ“ फर्किएपछि उद्योग सञ्चालन गर्ने लगानी जुटाउँन नसकेर निरास बनेका थिए । उनीहरुको सपना पूरा गर्ने साथीको रुपमा डि मेगा र सामुदायिक वन उपभोक्ता महासंघले केही समय काम गरे । ताराखोलाका जंगलमा प्रयाप्त रुपमा पाइने अल्लोलाई जंगलबाट ल्याउने, धागो निकाल्ने र कपडा बुन्नको लागि उनीहरुले घरेलुबाट तालिम लिएको भए पनि डि मेगा र सामुदायिक वन उपभोक्ता महासंघले तत्कालीन अवस्थामा प्राविधिक र भौतिक सहयोग गरेका थिए । पछिल्लो समय ताराखोला गाउ“पालिकाबाट उनीहरुले आधुनिक मेसिन प्राप्त गरेका छन् ।‘हामीहरुले घरेलुबाट तालिम लिएको १३ वर्ष पुगिसकेको छ, उद्यमी गंगा घर्तीले भन्नुभयो, यो बीचमा धेरैलाई सिकाए पनि तत्कालीन समयमा तालिम लिएका ७ जनाले मात्र यो कामलाई निरन्तरता दिएका छौं । उनीहरुले गाउ“मै स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरेर सामूहिक रुपमा अल्लोका कपडा उत्पादन गर्ने गर्छन् । ‘अल्लोका कपडाका माग अत्याधिक छ, एक्लैले उत्पादन गरेर माग थेग्न सकि“दैन, गंगाले भन्नुभयो–‘त्यसैले समूहमा काम गर्दै आएका छौं ।’

पछिल्लो समय समूहमा ११ जना महिलाले अल्लोका कपडा बनाउने काम गरिरहेको समूहका अध्यक्ष हिरा घर्तीले बताउनुभयो । घरको काम, खेतीपाती सकेपछि यो कामलाई समय दिने गरेका छौं, घर्तीले भन्नुभयो अल्लोका कपडा र धागोको माग अत्याधिक भए पनि हामीले पर्याप्त लगानी गर्न नसक्दा मागेजति उत्पादन गर्न सकिएको छैन । उनीहरुले सिस्नु ९अल्लो० बाट गलबन्दी, झोला, स्वीटर, जुत्ता, भांग्रा बनाउ“दै आएका छन् । परम्परागत रुपमा भांगो, चाल्ने सिस्नुलगायतका बनस्पतिका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्ला निर्माण गर्ने गरेकोमा त्यसलाई कपडाको रुपमा विकास गरि“दै आएको अर्की उद्यमी गौमती रोकाले बताउनुभयो । अल्लोका कपडा लगाउ“दा एलर्जी, मुटु सम्बन्धी रोग, ब्लड प्रेसरसंगै स्वास्थ्यलाई समेत राम्रो फाइदा हुने भएकाले पछिल्लो ६ वर्ष यता माग बढिरहेको रोकाले बताउनुभयो । ‘बाग्लुङसं“गै काठमाडौं, पोखरालगायतका क्षेत्रबाट अल्लोका कपडा खोज्नका लागि आउने गरेका छन्’ मगरले भन्नुभयो–‘मागअनुसारका कपडा बनाउन सकेका छैनौं ।’ स्थानीयहरुले जंगलबाट संकलन गरेर ल्याएको का“चो अल्लो खरिद गरेर समूहले त्यसलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भु“वा निकालेर बनाइएको धागोको प्रयोग गरी कपाडा बनाइने गरेको गंगाको भनाइ छ ।

६०÷७० मिटरको तानमा बुनेको कपडालाई ३५ हजारसम्म पर्ने उद्यमीहरु बताउ“छन् । यस्तै हातले बुनेको झोला, गन्जी, भांग्रालाई ३÷३ हजार, सललाई २ हजार रुपिया“मा बेच्दै आएको अर्की उद्यमी मन ुमारी रोकाले बताउनुभयो । केही व्यक्तिले मन परेको कपडा भएमा मूल्य थप गरेर पनि दिने गरेका छन् । अल्लोको धागो निकाल्नका लागि गत वर्ष ताराखोला गाउ“पालिकाले ७ लाख रुपिया“बराबरको उपकरण प्रदान गरेको गाउ“पालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । धागो निकाल्नका लागि उपकरण आएपछि सहज भएको उद्यमीहरुको भनाई रहेको छ ।

चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडाहरु मुलायम, तापक्रम अनुकूल, हलुका तथा देख्नलाई पनि राम्रो हुने भएकाले बजारको माग धेरै रहेको छ । जंगल, खोल्साखोल्सी लगायतका क्षेत्रमा उम्रिने मसिना कँ“डा भएको बनस्पतिको लोक्ताबाट मूल्यवान कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यावसायिकरण गर्दै आम्दानी गर्न सफल भएको उद्यमीहरुको भनाइ छ ।