घरमा श्रीमती बाहिर प्रेम : प्रेमिकासंगै युवकले गरे आत्महत्या

भक्तपुर,१४ साउन । भक्तपुरको बोडेमा एक जोडीले आत्महत्या गरेका छन् । आत्महत्याको कारण सुन्दा पनि अचम्म लाग्ने छ । घरमा श्रीमती र २ बर्षकी छोरी भएका युवाको अर्की केटीसँग प्रेम सम्वन्ध दुवैको लागि मृत्युको कारण बन्न पुगेको छ ।

बोडेमा कोठा गरी बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जीवन र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगली घिसिङ्गले मंगलबार आफैनै कोठामा झुण्डेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीवनकी श्रीमती रितु तामाङले श्रावण ११ गते ‘आफ्नो श्रीमान अर्की केटीसँग लागेर आफूलाई हेरेनन् उनलाई झिकाई आवश्यक कारवाही गरी पाउँ’ भनी उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई झिकाएर अवदेखि रितुसँग नै बस्ने तथा उनलाई लागाउन खान ब्यवस्था समेत गर्ने प्रतिवद्दता गर्दै उनी प्रहरीबाट श्रीमती सँग नै निक्लेका थिए ।बाहिर निक्लेपछि श्रीमतीलाई एक हजार दिदै आफू केहि समयमा आउँछु भनेका श्रीमान आफ्नी प्रेमिक सँगै झुण्डेको अवस्थामा मंगलबार फेला परेका प्रहरीले जनाएको छ ।

जिवन तामाङ्ग पेशाले सवारी चालकको काम गर्ने गर्दथे । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले यो घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।दुबैको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।