‘डीएसपी हुँ’ भनी ठगी गर्दै हिँड्ने व्यक्ति पक्राउ

काठमाण्डौ , २६ असार । नेपाल प्रहरीको डीएसपी हुँ भनी ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई थानकोट प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्लाको धुनिबेसी नगरपालिका वडा नं(२ घर भएका ३८ वर्षीय राजेन्द्र प्रसाद लुईँटेल रहेको प्रहरीले जनाएको छ । लुईँटेललाई महानगरीय प्रहरी वृत्त थानकोट बाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका(७, सितापाइलाबाट पक्राउ हो ।

पक्राउ परेका लुईँटेल सशस्त्र प्रहरीको भगौडा रहेको प्रहरीले जनाएको छ । उनले चन्द्रागिरी नगरपालिका(३ बस्ने बिजय तामाङलाई आफू सीआईबीकोडीएसपी भएको, आफ्नो सेक्युरिटि कम्पनी रहेको र कम्पनीमा पाँच प्रतिशत शेयर हाल्न चाहिने १ लाख ६० हजार रुपैयाँमध्येको रकम माग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट साथबाट रेडियो सेट थान १, त्यसको को चार्जर थान १ र १० हजार रुपैयाँ पनि बरामद गरिएको छ भने ठगी मुद्दामाअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।