भोजपुरमा विप्लवद्धारा प्रहरीमाथी गोली प्रहार, घटनास्थलमै २ जनाको मृत्यु (भिडियो )

भोजपुर २५ असार ।
भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका सोलुखुम्बुका जिल्ला ईन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतीवडाले जानकारी दिनु भयो ।

अर्का एक प्रहरी खेमनाथ भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना भए लगातै भोजपुरमा सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रहरीले जनाएको छ ।