बिर्तामोड–भद्रपुर चारलेन बाटो

बिर्तामोड । झापाको बिर्तामोडदेखि भद्रपुर नगरपालिकासम्म चार लेनको बाटो निर्माण हुने भएको छ । बिर्तामोडको मुक्तिचोकबाट सैनिकमोडसम्म २ दशमलव ८ किलोमिटर सडकलाई चार लेन र बाँकी दुई लेनको बनाइने छ । अशिष प्रेरा जेभीले ठेक्का पाएको छ ।

यसैबीच बाँकी १३ दशमलव ५ किलोमिटर सडकलाई समेत चारलेनको बनाउने सहमति भइसकेको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

प्रत्येक जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम राजमार्गबाट चारलेनको सडकले जोड्ने प्रधानमन्त्रीको घोषणपछि बिर्तामोड–भद्रपुरसम्म चार लेनको बाटो निर्माण प्रक्रिया अघि बढेको हो । तीन वर्षभित्रमा सडक निर्माण सम्पन्न हुने प्रमुख शिवाकोटीको भनाइ छ । सडक निर्माण असोजबाट शुरु भएको थियो ।