भोजपुरको वोयामा निःशुल्क स्वस्थ्य शिविर

भोजपुर,२९ जेठ ।
भोजपुरको षडानन्द नगरपालिका १४ वोयामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । शिविरको पहिलो दिन वुधबार १३३ जनाले स्वास्थ्य परिक्षण गराएको नगरपालिकाका स्वास्थ्य सहायक संयोजक सुरेन्द्र रामदामले जानकारी दिए ।

शिविर मार्फत सम्पुर्ण स्वास्थ्य परिक्षणसंगै फिजियो थेरापी, दन्तसेवा,प्रेसन सेवा, परिवार नियोजन सेवा प्रदान गरिएको छ । शिविर नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको हो ।शिविर विहिबार सम्पन्न हुनेछ ।

चट्याङ लागेर डडेल्धुरामा बहिनीको मृत्यु, दिदी घाइते डडेल्धुरा,२९ जेठ । चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको चट्याङ लागेर ज्यान गएको हो ।

बुधबार बिहान घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।