भिडियो : भोजपुरको गोगने घाइपामा भएको ऐतिहासिक कार्यक्रम…

गत माघ १५ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका ८ गोगनेको धाइपाको गोगनेमा आयोजना गरिएको विष्णुपाञ्चायन मन्दिर, हेलिप्याड तथा निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमको विषयमा तयार गरिएको सक्षिप्त एक झलक ।

जुन कार्यक्रममा नेपाल सरकारका उप– प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राई, पूर्वमन्त्रीहरु प्रदिप नेपाल, मुकुन्द न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, टेम्केमैयुङ गाउँपालिका प्रमुख ध्रुवराज राई, पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, रामप्रसादराई गाउँपालिका प्रमुख विजय राई,

धर्मदेवी नगरपालिका उप मेयर शोभा न्यौपाने (घिमिरे) प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, लगाएत सुरक्षा निकाय र स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम न्यौपाने सेवा समाज गोगने हाल काठमाण्डौका संरक्षक दयाकृष्ण न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भिडियो…..

अर्को भाग….