रेल तथा मेट्रो विकासको लागि ७ अर्ब ७० करोड बजेट

काठमाडौं, १५ जेठ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ । प्रतिनिधी सभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले भुमि व्यवस्था र सहकारीको विकासको लागि ७ अर्व ६९ करोड छुट्याएको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले हरेक प्रदेशमा एक औद्योगिक क्षेत्र निमार्णको लागि जोड दिएको छ । औद्योगिक विकासको लागि २ अर्व ८७ करोड बजेट प्रस्ताव गरिएको छ । त्यस्तै रेल, मेट्रो तथा मोनोरेलको विकासको लागि ७ अर्ब ७० करोड बजेट छुट्याइएको छ ।

उर्जा क्षेत्रको विकासको लागि ८३ अर्ब ४९ करोड विनियोजन भएको छ ।सरकारले वृद्ध भत्ता र सामाजिक सुरक्षा भत्तामा एक एक हजार बढाएको छ । वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको बनाउनु ४० करोड छुट्याएको अर्थमन्त्रीले जनाउनु भएको छ ।

राष्ट्रपति चुरे संरक्षणको लागि १ अर्व ७४ करोड विनियोजन गरिएको छ । चुरे क्षेत्रमा ११६ पोखरी निमार्ण गरिने उल्लेख गरिएको छ ।

आजै योजना आयोग, मन्त्रिपरिषदको बैठकले बजेट, आर्थिक विधयेक लगायतका बिधेयकहरु पास गरेपछि बजेट अर्थमन्त्री डा। युवराज खतिवडाले संयुक्त सदनको बैठकमा पेश गर्नुभएको हो ।