प्रदेशस्तरीय महिला कबडीको सम्पूर्ण तयारी पूरा

 संखुवासभा १३ जेठ ।
संखुवासभा जिल्लामा हुन लागेको प्रदेश नम्बर १ अन्तर जिल्ला महिला कबडी प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ। सोमबार खाँदबारीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी  बारे जानकारी गराइएको छ।

प्रदेश १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला खेलकुद विकास समिति संखुवासभाले प्रतियोगिता आयोजना गर्ने भएको हो। यही जेठ १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति संखुवासभाले जनाएको छ।

खेल मार्फत पर्यटन प्रबद्धन गर्न संखुवासभामा कबडी खेलको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेले बताए। उनले भने कबडी खेलको चर्चा ब्यापक चलिरहेको बेला यो प्रतियोगिता संखुवासभामा हुनुले जिल्लाका खेलाडी र प्रशिक्षकलाई फाइदा पुग्ने बताए।