भोजपुरमा एक महिने ब्याडमिन्टन तालिम शुरु

भोजपुर, २ जेठ ।
भोजपुर क्माम्पसमा एक महिने ब्याडमिन्टन तालिम शुरु भएको छ । ब्याडमिन्टन खेलको सीप विकास गर्ने लक्ष्यका साथ सञ्चालन भएको तालिममा १७ जनाको सहभागिता रहेको क्याम्पसले जनाएको छ ।

जसमा क्याम्पसका विद्यार्थी १२ जना र अन्य ५ जना रहेका छन् । क्याम्पसको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको आयोजना

स्वत्रन्त्र विद्यार्थी युनियनले गरेको स्ववियू सभापति प्रकाशहिं राईले जानकारी दिए । तालिमको प्रशिक्षण पूर्व राष्ट्रिय खेलाडी सुरेश मोक्तानले गरिरहेका छन् ।