विधेयक विरुद्ध भोजपुरमा पनि विरोध कार्यक्रम

भोजपुर १ जेष्ठ ।
नेपाल पत्रकार महासंघ भोजपुर शाखाले सरकारले हालै संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको फिर्ता लिन माग राख्दै संघर्ष तथा विरोध कार्यक्रम गरेको छ । स्वतन्त्र प्रेस विरुद्ध विधेयक आएको भन्दै महासंघ केन्द्रको निर्णय अनुरुप विरोधका कार्यक्रम सञ्चालन गर्ने नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए । उहाँले संविधानको मर्म र भावना विपरीत स्वतन्त्र प्रेसलाई संकुचन गर्ने किसिमबाट विधेयक आएको भन्दै प्रेस विरोधी प्रावधान हटाइनुपर्ने धारणा राखे

स्वतन्त्र प्रेसको रक्षाका लागि मिडिया काउन्सिल गठनविरुद्ध सम्पूर्ण सञ्चारकर्मी एकताबद्ध बन्नुको विकल्प नभएको पत्रकारहरुको जोड थियो । पत्रकारहरुले आज दिन भर कालो पट्टि बाधेर विरोध स्वरुप काम गरेका थिए । कार्यक्रममा जिल्लाका सञ्चार गृहसंगै कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।