गुठी मन्दिर निर्माणको लागि प्रवासीहरुद्धारा रकम संकलन

अर्जुन परियार, अबुदाबी, युएई ।

गोर्खाको मेलविसौनीमा अलपत्र अवस्थामा रहेको गुठी मन्दिर भवन निर्माणको लागि प्रवासीहरुले रकम संकलन थालेका छन् । निर्माण थालिएको तर रकम अभावमा १० वर्षबाट अलपत्र अवस्थामा रहेको भवनको निर्माण गर्न युएई रहेका नेपालीले सहयोग रकम संकलन थालेका हुन् ।

कोइछ अनलाइन संस्थाले यस अघि पनि खाने पानी, बाटो निर्माण कार्य कपडा सिलाइ तालिम जस्ता विभिन्न सेवा मुलक काम र कार्यहरु गर्दै आएको सस्थाका अध्यक्ष एक बहादुर परियारले जानकारी दिए ।

मन्दिरको निर्माण कार्यलाई पुर्णता दिनको लागि रकम संकलन थालिएको संस्थाका सचिव सचीव अर्जुन परियारले  बताए ।