युएईका दुई भोजपुरे संस्था बिच एकता

भोजपुर, १७ बैशाख ।
यूएइमा क्रियाशिल दुई ओटा भोजपुुरेहरुको संस्था विच एकता भएको छ । भोजपुर हातेमालो समाज र भोजपुर सेवा समाज विच एकता भएर ‘भोजपुुर हातेमालो सेवा समाज युएई’ गठन गरिएको छ । दुवै सस्थाले भोजपुरको हकहितको लागि काम गरिरहेको भएपनि एकता हुन सकेको थिएन । एकतापछि भिम थापाको अध्यक्षता नयाँ कार्यसमिति चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका –५ मझौलेका छिरिङ्ग शेर्पा, उपाध्यक्षहरुमा (महिला) संगिता चापागाँई, दिपक श्रेष्ठ, विमल लामिछाने चयन भएका छन् ।

त्यस्तै महासचिव, राम कुमार तिरुवा, सचिव दिपक थापा, कोषाध्यक्ष, अस्मी तामाङ्ग सहकोषाध्यक्ष, मिना विसी र प्रवक्तामा सपना राई चयन भएकी छिन् । सदस्यहरुमा निशान दाहाल, कविता केशी, देव वान्तावा राई, विमला थापा र प्रविन बराइली चयन भएको नव निर्वाचित परिष्ठ उपाध्यक्ष छिरिङ्ग शेर्पाले जानकारी दिए ।
भोजपुरहरुको हकहितको लागि एक गर्दे आएका सस्था एकता भएपछि अब प्रवासीसंगै जिल्लाको सामाजिक क्षेत्रमा काम गर्न सजिलो भएको परिष्ठ उपाध्यक्ष शेर्पाले बताए । उनले भने‘ हामी विगत देखि नै एउटै लक्ष्यका साथ काम गरिरहेका थियौ तर आपसमा केहि कुरामा तालमेल नहुँदा छुटाछुदै सस्था सञ्चालनमा थिए, हामीको सवैको पहलमा एक जुट भएका छौ, यसले आगामी दिनमा काम गर्न अझ सहज हुनेछ ।’ प्रथम महादिवेसनबाट एकता भएको हो ।