तेस्रो मुन्दुम ट्रेल सम्पन्न

भोजपुर, १४ बैशाख ।
तेस्रो टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेसको पुरुष तर्फको उपाधी भोजपुर नगरपालिका ५ बोखिमका सविन तामाङ र महिला तर्फको उपाधी ओखलढुङगाकी छोकी शेर्पाले हात पार्नु भएको छ । सविनले निधारीत ३८ किलोमिटरको दुरी ४ घण्टा ३ मिनेट ११ सेकेण्ड र छोकीले ५ घण्टा ५२ मिनेट २ सेकेण्डमा पार गर्नु भएको हो ।

उपाधीसंगै दुवैले २५ हजार ट्रफि मेडल र प्रमाण पत्र पाउनु भएको छ । त्यस्तै पुरुष तर्फको दोस्रो प्युठानका ४१ वर्षीय दामोदर बुढा मगर, तेस्रो खोटाङका दिव्यराज बस्नेत र चौथो मोरङका याङदेव रार्य बन्नु भएको छ । महिला तर्फ क्रमश प्रनिषा तामाङ दोस्रो, प्रतिक्षा राई तेस्रो र प्रतिभा श्रेष्ठ चौथो बन्नु भएको छ । महिला तथा पुरुष तर्फ दोस्रो तेस्रो र चौथो हुनुेले क्रमश २० हजार, १५ हजार, १० हजार ट्रफि मेडल र प्रमाण पत्र पाएका छन् । त्यस्तै ४० वर्ष माथीको ट्रेलमा प्युठानका दामोदर बुढा मगर प्रथम, संखुवासभाका उत्तर कुमार राई दोस्रो, धरानका निर्मल राई तेस्रो र धरानकै मंगल बहादुर तामाङ चौथो बन्नु भएको छ ।

प्रथम, दोस्रो, तेस्रो र चौथोले क्रमश १० हजार, ८ हजार, ५ हजार मेडल र प्रमाण पत्र पाएका छन् । रीमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमी भोजपुरको आयोजनामा भएको ट्रेलको प्रायोजन टेम्केमैयुङ गाउँपालिकाले गरेको हो । त्यस्तै सामुहिक तर्फ हिम्याक्स प्रथम, छिनामखु द्धितिय र रिमाचोङ तृतिय वनेको आयोजकले जनाएको छ ।

ट्रेल टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ सुम्लीखा स्कुल देखि वडा नम्बर ९ पाँचधारे सम्म गरिएको थियो ।