सर्लाहीमा बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु, ३० घाइते

सर्लाही,१ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बगवानीमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ३० जना घाइते भएका छन् ।

काठमाडोंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्वरको बस पल्टिएको हो। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको बताइएको छ ।

दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि विराटनगर लगिएको छ। बाँकीको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।