८ जनाको सामुहिक बलात्कारमा परेकी युवतीको होसखुलेपछि….

काठमाडौं २९ चैत । भारतमा बलात्कार र हिंसाका घटना अधिक मात्रामा भइरहेका हुन्छन् । केही घटना गोप्यमै लुकेर जान्छन् त केही घटना सहन गर्न नसकेर बाहिरिन्छन् । दिनहुँ भइरहने घटनालाई त्यहाँको सरकारले नियन्त्रणको प्रयास गरेतापनि त्यो क्रम अझै बढ्दो छ । बिहिबार पुनः यस्तै घटना बाहिरिएको छ । २७ वर्षीया एक युवती गुजरातबाट अजमेर दरगाहको दर्शन गर्न आएकी थिईन् तर उनको जीवनमा ठूलो बज्रपात पर्यो ।

अकल्पनीय घटनाले सिंगो जीवन बर्बाद भयो । दरगाह जानका निम्ति युवतीले अटोलाई फोन गरेर बोलाइन् र ८ जनाको सामुहिक बलात्कारमा परिन् । यो घटना राजस्थानको अजमेर शहरको हो । प्रहरीका अनुसार पीडित युवती बिहिबार निजी बसमा गुजरातको बनासकांठाबाट अजमेर आएकी थिईन् ।

अजमेरबाट एक अटो लिइन् र रेलवे स्टेशनस्थित एक होटेलमा बसिन् । युवतीले अटोलाई भनिन् साँझ मैले दरगाह जानुपर्नेछ र अटोवालाले आफ्नो नम्बर दिए । साँझको साढे ७ बजे ती युवतीले अटोवालाई फोन गरिन् र दरगाह जाने भनिन् अटोवालाले अर्को अटो पठाए । जुन अटो त्यहाँ आयो त्यसमा दुई युवा पहिले नै बसेका थिए ।

अटो चालकले ती युवतीलाई दरगाह लैजाने भन्दै एकान्त कोठामा लगे । त्यहाँ पहिला नै ५–६ जना युवा बसेका थिए । ती सबै युवाले मिलेर उनीमाथि सामुहिक बलात्कार गरे । त्यसपछि युवती बेहोस भईन् । चालकले उनलाई अस्पताल नजिक छोडेर भागेका थिए । उनीसँग भएको सुनको चेन र ब्याग समेत चोरेर ती युवाहरु फ्रहार भएका थिए । जब युवतीलाई अस्पतालमा होस आयो र उनले सबै बताइन् अहिले पहरीले ३ जनालाई पक्राउ गरेको छ । अन्यको खोजी जारी राखेको छ ।