भारतको महिला लिग खेल्ने तयारीमा सावित्रा र अनिता

दक्षिण एसियामा उत्कृष्ट स्ट्राइकर भनेर चिनिने नेपालका दुई जना खेलाडी भारतमा व्यावसायिक फुटबल खेल्ने तयारीमा छन् ।

यसअघि माल्दिभ्समा पनि आफ्नो क्षमता देखाइसकेका सावित्रा भण्डारी र अनिता बस्नेतले भारतमा महिला लिग खेल्ने भएका हुन् । सावित्रालाई गोगुलमले अनुबन्धको तयारी गर्नुका साथै क्लब सेतुले पनि अनिता र सावित्रा दुबैलाई अनुबन्धनको प्रस्ताव गरेको छ ।

माल्दिभ्समा फुटसल लिगमा सबैलाई प्रभावित बनाएका यी दुई खेलाडी भारतको लिगमा अनुबन्ध भएमा अरु खेलाडीका लागि पनि ढोका खुल्नेछ । भारतले महिला फुटबल लिग २०१६ बाट गर्दै आएको छ ।