धरानमा बस पल्टियो – ४ जनाको ज्यान गयो

सुनसरी, २५ चैत्र । धनकुटा बाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेहरुको पहिचान खुलेको छैन । ना ६ ख २७१३ नम्बरको बस पल्टिएदा ४ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ । बस पल्टँदा च्यापिएर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टिको भाग ठोकिएको छ । दुर्घटनामा परि घाइते भएका हरुलाई उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको छ । दुर्घटनाको थप विवरण आँउन बाँकी छ ।